काठमाडौं, १६ चैत
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई लक्षित गर्दै आङ्देम्बेले रक्षात्मक अवस्थामा पुग्दा केही कम्युनिस्ट पार्टीलाई कांग्रेसले संरक्षण गर्नुपरेको बताए ।
उनका अनुसार कांग्रेस फेरि एकपटक सर्वाधिक बलियो पार्टी हुने स्थिति पनि आएको छ ।
‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ भन्ने अभियान लिएर जनताको घरघर जाँदा कम्युनिस्टहरू रक्षात्मक अवस्थामा देखियो र अब नेपाली कांग्रेस फेरि एकचोटी सर्वाधिक बलियो पार्टी हुने स्थिति आयो’, मंगलबार मोरङ पुगेर आङ्देम्बेले भने ।
उनले संवैधानिक मुल्य मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासँगै देशको विकास कांग्रेसले मात्र गर्न सक्ने पनि बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |