काठमाडौं, १६ चैत
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।
पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।
नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |