काठमाडौं १५ चैत
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीकाे पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारेकाे र यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइने बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूकाे पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीकाे पक्षमा पार्न असहज नभएको दाबी गरे ।
उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएकाे पनि बताए ।
`तपाईं युवाहरूले सही निर्णय गर्नुभयाे । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लाेकतान्त्रिक गणतन्त्रकाे जन्मदाता माओवादी केन्द्र हाे । संविधानकाे रक्षा गर्न, सामाजिक न्यायसहितकाे समाज बनाउन र देशकाे समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हाे । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ´, प्रचण्डले मंगलबार भने ।
प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |