काठमाडौं, १५ चैत
नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ । हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ ।
सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरू सहभागी हुने आयोजकले जनाएको छ ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैंया, उपविजेताले ८८ हजार रुपैयाँ र तेस्रो हुने व्यक्तिले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, उत्कृष्ट २१ खेलाडीलाई पनि नगदले सम्मान गरिने आयोजकले बताएको छ । प्रतियोगितामा भुवन नगरकोटी, सञ्जय लामा, धना थापा र रमी मगरलाई वेस्टर्न ओपनको दाबेदारको रूपमा हेरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |