सिरहा, १५ चैत
सिरहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार प्रहरीले गोलबजार नगरपालिका-५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा घरमा लुकाईछिपाइ राखेको लागु औषध ६ सय थान ट्याब्लेट नाईट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |