काठमाडौं, १४ चैैत
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै कांग्रेस बलियाे भएर आउनुपर्ने बताएका छन् । बलियाे हुन स्थानीय निर्वाचनमा गठबन्धन अनिवार्य रहेकाे बताए ।
साेमबार कांग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियाे पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे । बैठकमा उनले भनेका छन्, `गठबन्धन गर्दा कांग्रेस आईकाे हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमाेर्चाकाे जस्ताे हालत हुन्छ । मलाई चिन्ता यहाँनेर छ । आदर्शले रमाइलो त हाेला तर धरातलीय यथार्थ फरक छ । र, म जाेड दिएर भन्छु – स्थानीय तहमा कांग्रेस बलियाे गठबन्धनले हुन्छ र त्यसकाे असर प्रदेश र संघकाे निर्वाचनमा पर्छ ।´
नेकपा विभाजन भएर तीन टुक्रा भएकाे अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने र गठबन्धन गरिए कांग्रेस आईकाे हालत कांग्रेसले व्यहाेर्नुपर्ने केही नेताले भनिरहँदा सहमहामन्त्री आङ्देम्बेकाे याे जवाफ आएकाे हाे ।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीले निर्वाचनमा गठबन्धन अनिवार्य रहेकाे बताउँदै आएका छन् । कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतसँग गर्ने हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |