धादिङ १३ चैत
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा आज परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।धादिङ जिल्लामा सामाजिक कार्य सन्चालन गर्दै आईरहेको समाजले भर्चुअल माध्यमबाट कार्यसमितिका पदाधिकारी, संरक्षक र सल्लाहकारबिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय समन्वय समिति अन्तर्गत धादिङ समाज अस्ट्रेलियाका अध्यक्ष अर्जुन केसी,धादिङ समाज जापानका अध्यक्ष दिनेश शर्मा लोहनी,धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल,धादिङ समाज युएई पुर्व अध्यक्ष प्रसिद्ध खतिवडाको उपस्थिती रहेको थियो ।परिचयात्मक कार्यक्रममा सल्लाहकारहरु भुवन गुरुङ,कृष्ण प्रसाद तिमल्सेना,डा.प्रताव छत्कुली, मनोज थापा,किरण अधिकारी,निराजन गौली,कृष्ण खनाल ,प्रमोद भट्ट,कृष्ण न्यौपाने,सुजन अधिकारी,सीता अर्यालले शुभकामना मन्तव्य सहित सुझावहरु राख्नुभएको थियो ।
कार्यक्रममा संरक्षकहरु अर्जुन धरेल,आरके त्रिपाठी,नानुकाजी अर्यालले सफल कार्यकालको शुभकामना दिनुहुदै अरु भन्दा यो समाजलाई उत्कृष्ट बनाउन साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।साथै संरक्षकहरु प्रो.डा पदम सिंखडा र रामशरण सिंखडाले कार्यक्रममा ऐक्यवद्धता जनाउनु भएको थियो ।
अतिथीको रुपमा शुभकामना मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्माले समाजले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी अभियानमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । समाजका महासचिव राजेन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राजन खकुरालले समाजले अघि सारेका परियोजना र आगामी गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |