एजेन्सी
किभ, १३ चैत
तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् ।
सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् ।
आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था पुगेका थिए । शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरुलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए । तर, उनीहरु विद्यालय पुगेको केही घन्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो ।
तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |