काठमाडौं, १२ चैत
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा आफूले नबढाएको बताएका छन् । तर, बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिने सकिने उनको भनाइ छ ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका कारण थप आर्थिक सहयोग आउने दावी पनि गरेका छन् ।
‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ,’ देउवाले भने, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’ प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्याएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |