काठमाडौं, १२ चैत
शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ ।
सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन् ।
केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरुले स्थानीय स्तरमा गठबन्धन गर्दा एमालेसँग गर्न आवश्यक रहेको बताएका हुन् ।
उनीहरुले आवश्यकता अनुसार एमालेसँग पनि गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका कतिपय स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए। माओवादीविरुद्ध एमालेको साथ आवश्यक रहेको उनले बैठकमा बताएका थिए ।
अहिले कम्युनिस्ट पार्टीमा विभाजन आएको बेलामा एक्लै चुनाव लड्न उपयुक्त भए पनि कतिपय स्थानमा माओवादीविरुद्ध एमालेसँग मिल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
त्यस्तै केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पनि कतिपय स्थानीय तहमा जित हात पार्नका लागि एमालेसँगको गठबन्धन आवश्यक रहेको बताइन् । स्थानीय स्तरको राजनीतिक अवस्थालाई ध्यान दिएर चुनावी गठबन्धन गर्नु पर्ने उनको भनाइ थियो । सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हात पार्न एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
आजको बैठकमा बोल्ने धेरै जसोले केन्द्रबाट गठबन्धनको निर्णय गर्न उपयुक्त नभएको धारणा राखेका थिए । तर देउवाले भने एक्लै लड्दा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने चुनौती रहेको बताएका थिए ।
कांग्रेको बैठक आइतबार पनि बस्ने छ ।
कांग्रेसमा हालको सत्ता गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने वा नदिने भन्नेमा दुई लाइन देखिएको छ । नेता शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेको छ र उसले केन्द्रबाट गठबन्धनको निर्णय गर्न नमिल्ने बताएको छ । उता देउवा भने गठबन्धनमा जोड दिइरहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |