काठमाडौं, १० चैत
स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।
अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताए ।
अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उनको भनाइ छ । ‘विभिन्न कारणको जोखिमलाई मध्यनजर गरेर केही बढी छाप्नुपर्ने हुन्छ । त्यसैले करिब दुई करोड मतपत्र छाप्छौं,’ सहायक प्रवक्ता अर्यालले भने ।
त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको बताए । ‘जनक शिक्षा सामाग्री केन्द्रसँग मतपत्र छपाई गर्नेबारे छलफल भइरहेको छ । जनक शिक्षाले छाप्न नसकेमा अर्को विकल्प पनि हुनसक्छ,’ उनले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |