काठमाडौं, १० चैत
नेकपा एमालेबाट अगल भएर छुट्टै दल नेकपा एकीकृत समाजवादी स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ ।
रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे हुन् । उनीहरू पक्ष रहेको रिटको न्यायाधीशद्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा हुँदै छ ।
तत्कालीन एमालेमा असन्तुष्ट रहँदा उनीहरूले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने गरिएको कारबाही प्रक्रिया सुरु गरेपछि रोक्न माग गर्दै ९ वैशाख २०७८ रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सांसद पदबाट नहटाउनु भन्ने निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |