काठमाडौं, १० चैत
ग्रीन भेन्चर लिमिटेडको आईपीओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ । कम्पनीको ८ चैत्रदेखि ३१ लाख २५ हजार कित्ता साधारण सेयर आईपीओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।
सीडीएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नाै लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नाै हजार ३९० कित्ता सेयर आवेदन परेको छ ।
११ चैतसम्म आवेदन दिन सकिनेछ । ११ चैतलाई अन्तिम दिन तोकिएको आईपीओ आवेदन दिने समय अब दुई दिन बाँकी छ । कम्पनीले आईपीओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर मिच्युल फण्डलाई बाँडफाँड गरिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |