काठमाडाैं, ९ चैत
प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ ।
घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।
घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ ।
एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ ।
तर, कहिलेसम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुंगो छैन । जबकि अबको ३० औं दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ ।
आगामी ५१ औं दिन अर्थात् ३० वैशाखमा मतदान हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |