काठमाडौं, ७ फागुन
एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन्।
काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङकोे टुंगो लगाएको आरोप लगाएका हुन् ।
एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ ।
‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’
एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए ।
आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |