काठमाडौं, ६ चैत
मन्त्रिपरिषद् बैठक आज बस्दैछ । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनले बताइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |