किभ, ६ फागुन
युक्रेन संकटलाई लिएर सुरुदेखि नै अमेरिका विवादमा तानिएको छ । युक्रेनमा २४ फेब्रुवरीमा रुसले हमला गरेदेखि नै अमेरिका र उ नेतृत्वको पश्चिमा गठबन्धनले रुसको चर्को विरोध गर्दै आएको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई सैन्य हतियारलगायका सहयोग प्रदान गर्दै आएको छ ।
त्यस्तै, युक्रेन हमला रोक्न बारम्बार चेतावनी दिँदै सोही बहानमा रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले त रुसी समकक्षीलाई ‘युद्धअपराधी’ भनेर व्यक्तिगत रुपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् ।
निश्चय नै युक्रेन हमलालाई लिएर पृथ्वीमा अमेरिका र रुसबीच तनाव छ । तर, अन्तरिक्षमा भने यी देशबीचको दोस्ती उत्तिकै छ जति पहिला थियो । अर्थात युक्रेन तनाबले अमेरिका र रुसी अन्तरिक्षयात्रीलाई खासै असर गरेको छैन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा उनीहरु निकट भएर काम गरिरहेका छन् ।
रुस र अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नजिकको सीमामा सँगै काम गरिरहेका छन् । तीन रुसी अन्तरिक्ष यात्रीहरू – कमाण्डर ओलेग आर्र्तेमेभ, डेनिस मातभिभ र सर्गेई कोर्साकोभ साढे छ महिनाको मिसनमा शुक्रबार सुरक्षित रूपमा उत्रिएको छ ।
आइएसएसमा अमेरिका, रुस र अन्य देशहरुबीच २३ वर्षदेखि सहकार्य हुँदै आएको छ । तीनै जना रुसी अन्तरिक्षलाई कारिन्दाको एउटा समूहले भव्य स्वागत गरेको थियो । समूहमा चार जना अमेरिकी, दुई रुसी र एक जर्मनीका छन् । -एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |