काठमाडौं, ५ चैत
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । ललितपुर सानेपास्थित स्कुल परिसरमा शनिबार आयोजित कार्यक्रमबीच अन्जनलाई खेलकुददूतको रुपमा सार्वजनिक गरिएको हो ।
स्कुलका अध्यक्ष विनोद यादव र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि दुई वर्षको छ । सम्झौतासँगै अन्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्ने छन् ।
ूस्कुलसँग सम्झौता गर्न पाउँदा हर्षित भएको विष्टले बताए । उनले भने, ‘यससंगै अब स्कुलको एकेडेमी संचालनका लागि मैले सहयोग गर्नेछु।’
एन्फा एकेडेमी उत्पादन अन्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन् ।
अन्जन सम्मिलित नेपाली टिमले यु–१९ साफ च्याम्पियनसिप, १२औँ दक्षिण एशियाली खेलकुद (साग) बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप जितेको थियो । यस्तै, घरेलु मैदानमा भएको थ्रि नेसन्स कपको उपाधि हात पारेको छ ।
कार्यक्रमको मुख्य अतिथिको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह रहेका थिए ।
उनले कार्यक्रमका लागि स्कुल र अन्जनलाई बधाई दिँदै एन्फा स्कुल प्रतियोगितामा सहभागी हुन माछापुच्छ्रे स्कुललाई आग्रह गरे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |