धादिङ,४ चैत।
धादिङको नीलकण्ठ नगरपालिकाको दशौँ नगर सभा धादिङबेसीमा सम्पन्न भएको छ ।
पाँच बर्षे कार्यकालको अन्तिम नगरसभामा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले नीति कार्यक्रमको समीक्षा तथा कार्यकालको महत्वपुर्ण उपलब्धीहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वि.स २०७४ साल जेठ ७ गते शपथग्रहण गरी पदभार ग्रहण गरेको ४ बर्ष १० महिनाको अवधिमा नीलकण्ठ नगरपालिकाले गरेका विकास निर्माणको कामको समिक्षा गर्नु भएको थियो। पाँच बर्ष भित्र नगरपालिकालाई तिर्खा मुक्त नगर बनाउने कार्यमा ठुलो प्रगती हासिल गरेको भन्दै उहाँले अहिले सुरु भएको योजनाहरु सम्पन्न भएसँगै तिर्खा मुक्त नगर हुने बताउनुभयो।
नगर क्षेत्रमा रहेको ४ वटा महत्वपुर्ण सडकहरु कालोपत्रै हुनुका साथै ९५ किलो मिटरको चक्रपथ निर्माणको कार्य सम्पन्न भएको र कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।
बजार क्षेत्रको ५० किलोमिटर सडक पिच गर्नुको साथै सडकपेटी निर्माण,करिडोर निर्माण, ३ वटा सार्वजनिक शौचालय निर्माण, ४ वटा पक्की पुल र २ वटा झोलुंगे पुल निर्माणको काम पनि आफ्नै कार्यकालमा सम्पन्न भएको मेयर ढुंगानाले बताउनु भएको छ ।
विभिन्न निकायहरुले गरेको मुल्यांकनमा नीलकण्ठ नगरपालिका पुरस्कृत हुनु र स्वमुल्यांकनमा देशभरकै पहिलो हुनु हाम्रो महत्वपुर्ण उपलब्धी भएको बताउनु भएको छ । यसैगरी नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले प्रस्तुत आर्थिक बर्ष २०७८/०७९ को संसोधित बजेट प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा चालु आर्थिक बर्षको संशोधित बजेट तथा कार्यक्रमहरु,गत आर्थिक बर्षको यथार्थ आय तथा खर्च विवरण र चालु आर्थिक बर्षको प्रगति विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।
यस्तो छ,पाँच बर्षे कार्यकालको महत्वपुर्ण उपलब्धीहरु :
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |