धादिङ,०३ चैत।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ। निर्वाचन आयोगले आउँदो वैशाख ३० गतेका लागि तोकेको निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।
आज राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ।
हालका जनप्रतिनिधि समेत अर्को कार्यकालका लागि उम्मेदवार बन्ने चर्चा चलिरहँदा यस्तो व्यवस्था गरिएको हो। निर्वाचनमा सरकारी स्रोतसाधनको दुरुपयोग हुन रोक्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७३ वटा राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्लास्तरको संगठन संरचना, जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरूले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |