काठमाण्डौ,०२ चैत।
भारतले पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ।
इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ। नेपाल आयल निगमका अनुसार आईओसीबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ ।
भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य एक सय ८२ रुपैयाँ ८१ पैसा पुगेको दाबी गरेको छ ।
यस्तै डिजलमा अब ३६ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिलिटर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुने निगमले जनाएको छ ।निगमको अहिलेसम्मको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको र नयाँ मूल्यअनुसार अब मासिक घाटा १० अर्ब रुपैयाँ पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |