काठमाडौं,२ चैत
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।
अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै कांग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो ।
एमसीसीविरुद्ध नागरिकहरुमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने कांग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने कांग्रेसले बताउँदै आएको छ ।
कांग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |