एजेन्सी
न्युयोर्क, ३० फागुन
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।
‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने।
‘अहिले यी झुटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रूस आफैंले यो बनाबटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ ।’ उनले भने ।
युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए ।
‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |