काठमाडौं, ३० फागुन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्याक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।
बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |