एजेन्सी
न्युयोर्क, ३० फागुन
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् ।
भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा बेइजिङलाई आर्थिक दण्डको चेतावनी दिन सक्ने रोयटर्सले जनाएको छ ।
चीनले रुसलाई निरन्तर सहयोग गरेमा उसलाई विश्वव्यापी रुपमा एक्ल्याउने सुलिभानले चेतावनी दिने एक अमेरिकी अधिकारीलाई हवला दिँदै सो समाचार संस्थाले जनाएको हो ।
अमेरिका र अन्य देशका अधिकारीहरूले पछिल्ला सातामा चीनलाई स्पष्ट पार्न खोजेका छन् कि रुसको पक्षमा रहँदा उसले व्यापार प्रवाह र नयाँ प्रविधिको विकासमा मूल्य चुकाउनु पर्नेछ ।
यसअघि अमेरिकी वाणिज्यमन्त्री जीना रेमन्डोले रसिया निर्यातमा अमेरिकी प्रतिबन्धको उल्लंघन गर्ने चिनियाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू बनाउन आवश्यक पर्ने अमेरिकी उपकरण र सफ्टवेयरबाट काट्न सक्ने चेतावनी दिएकी थिइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |