काठमाडौं, ३० फाल्गुन
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३९ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा र बिक्री दर ८९ रुपैयाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ चार पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २८ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८८ पैसा र बिक्री दर नाै रुपैयाँ ९३ पैसा कायम भएको छ
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |