धादिङ,२९ फागुन।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९४७ जनाको परीक्षण गर्दा ६५ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ९२ संक्रमित डिस्चार्ज भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ४ हजार ९१७ बाँकी रहेको छ।
देशभरका प्रयोगशालाबाट आज ६ हजार ३०६ जनाको पीसीआर गर्दा ५९ जना र १६ सय ४१ जनाको एन्टिजेन परिक्षणमा ६ गरी ६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले आज प्रेस बिफ्रिङका क्रममा बताउनुभएको हो।
शनिबार ७३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ५८० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६१ हजार ७० पुगेको छ।पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुने शून्य रहेको छ ।
हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको मनत्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |