धादिङ,२९ फागुन ।
नीलकण्ठ नगरपालिका–७ तल्लोबेसीको तल्लोबेशी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा कृष्ण प्रसाद अधिकारी चयन हुनुभएको छ।शनिबार तल्लोबेसीमा सम्पन्न सहकारीको ११ औ वार्षिकि साधारण सभा तथा अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
कार्यसमितिको उपाध्यक्षमा बिष्णु प्रसाद पोखरेल, सचिवमा याम प्रसाद कोईराला, कोषाध्यक्षमा सिताराम पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भद्रलाल पोखरेल, खिलनाथ ढकाल, चित्र कुमारी अधिकारी, भवनाथ कोईराला, डम्वर कुमारी कोईराला, कृष्ण प्रसाद अधिकारी रहनुभएको छ ।
यसैगरी लेखा समिति सयोजकमा तुलसि प्रसाद अधिकारी, शिक्षा समिति संयोजक कृष्ण प्रसाद अधिकारी, पशुधन समिति संयोजकमा याम प्रसाद कोईराला सहित नौ जनाको पशुधन समिति रहेको छ ।
कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको ११ औ वार्षिक साधरण सभा तथा अधिवेसनमा सहकारी संघ धादिङकी उपाध्यक्ष भवानि बर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |