धादिङ,२८ फागुन।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का धादिङको सिंगो कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ ।
शनिवार आयोजित एक कार्यक्रमका बिच लोसपा धादिङका जिल्ला अध्यक्ष नोरमान तामाङ, केन्द्रीय सदस्य निरवहादुर श्रेष्ठसहित जिल्ला कार्य समितिको सिंगो टिम नै राप्रपा नेपालमा समाहित भएको हो।
लोसपाले गत मंसिरमा मात्रै धादिङमा नोरमान तामाङको अध्यक्षतामा संगठन विस्तार गरी तामाङको अध्यक्षतामा ९ सदस्यीय रहने गरी जिल्ला कार्यसमिति गठन गरेको थियो।धादिङको सो समूहलाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्नुभएको थियो।
थापाले राप्रपा नेपाल हिन्दू राज्यको एजेण्डा बोक्ने वास्तविक पार्टी भएकाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अघि बढ्न आग्रह गर्नुभएको थियो ।राप्रपाबाट बाहिरिएपछि कमल थापाले राप्रपा नेपालको संगठन विस्तारलाई तीब्रता दिनुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |