काठमाडौं, २८ फागुन
भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् ।
आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो ।
उनीहरु भारतहुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षि नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् ।
‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।
गत फेब्रुअरी २४ का दिन देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्धार गर्न थालिएको हो । सरकार र गैर आवासिय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित स्थानमा सारिएको छ । फाइल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |