नयाँ दिल्ली, फागुन २८ ।
नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात आगो लागेको थियो।
सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन् । एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो ।
आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ । त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |