काठमाडौं २८ फागुन
स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक एक गोल गरे ।
काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए । २८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |