धादिङ,२७ फागुन।
नेकपा माओवादी केन्द्र धादिङको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार धादिङबेसीमा आयोजित कार्यक्रममा कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठ, जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल, संविधान सभा सदस्य पुष्पविक्रम मल्ल, पुर्व विज्ञान तथा प्रविधि मन्त्री एवम केन्द्रिय सदस्य कल्पना धमला, प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका संयोजक जगत सिंखडा, बागमति प्रदेश अध्यक्ष सरल सहायत्री पौडेल, धादिङका नेता राम बहादुर भण्डारी लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।
निर्वाचन आयोगका केन्द्रिय सदस्य श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेलको विशेष आतिथ्यता रहेको थियो ।
वैठकमा जिल्लाका १३ स्थानीय निकायका पार्टी पदाधिकारीहरु जिल्ला समन्वय समिती र प्रदेश सदस्य जवस मोर्चाका प्रतिनीधि लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सबै नेता तथा कार्यकर्ताहरुले आत्मा समिक्षा गर्दै माओवादी केन्द्र भित्रको सकारात्मक र नकारात्मक कुराहरु बारे प्रष्ट हुनुपर्ने बताउनुभएको थियो।नेता मल्लले माओवादी केन्द्र भन्दा राम्रो अरु कोही नभएको सन्देश लिएर जनताकोमा जान आग्रह गर्नुभयो।
यसैगरी मन्त्री तथा जिल्ला इन्चार्ज जमकट्टेलले पार्टी चुनाव केन्द्रित हुने, चुनावको तयारी स्वरुप टोल समिती गठन, सेल कमिटी गठन, मत सर्बेक्षण अनि पार्टी भित्रको गुट उपगुठको अन्त्य गरिने बताउनुभयो ।तस्विर:धादिङपोष्ट
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |