काठमाडौं, २७ फागुन
उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
२४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा शुक्रबार आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल तथा साउथ वेष्टर्न स्टेट कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
कुष्ठ रोगी मात्र नभएर कुनै पनि किसिमा बिरामीलाई हेला नगरी उपचारको व्यवस्था गर्नु परिवार र राज्यको दायित्व रहेको बताएका उनले समाजमा देखिएका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उपराष्ट्रपति पुनले रोगीमाथि गरिने हेला र जातीय विभेद अन्त्य गरेर समाजमा सबैले सम्मानसाथ बस्न पाउने वातावरण बनाउनु सबैको दायित्व र कर्तव्य रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा. रविन्द्र बास्कोटाले पनि कुष्ठ रोगीलाई हेला नगरी बेलैमा उपचार गराउनु पर्ने बताए । कुष्ठ रोगको नेपालमा निःशुल्क उपचार हुने गरेको उनले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले पनि कुष्ठ रोग उपचार गरेर सहज जीवनायपनको व्यवस्था गराउनु समाज र राज्यको दायित्व र कर्तव्य भएको बताए ।
कुष्ठ रोग निदानका लागि डब्लूएचओ र यसका सदस्य राष्ट्रले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनले रोगीलाई बेलैमा स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्नेमा जोड दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |