धादिङ,२७ फागुन।
धादिङको सिद्धलेक गाउँपालिका–१ कालिदह र सिद्धलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ।
थोपलखोलामाथी बन्न लागेको पुलको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विकास निर्माणको काम जति छिटो सम्पन्न गर्न सकियो त्यतिनै छिटो स्थानीयले लाभ लिन सक्ने भन्दै पुल निर्माण छिटो सक्न आग्रह गर्नुभयो।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेले थोपलखोलामाथी बनेको पुलले गाउँगाउँमा विकासले फड्को मार्ने बताउनुभयो।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा निर्माणको लागि सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको उक्त ३० मिटर लामो पुल आगामी १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।
पुल निर्माण पश्चात कालिदहबाट सुकौरा, चाँपखोला, बागबच्छला मन्दिर घुमेर परेवाटर झर्न सकिन्छ भने सुकौराबेसी मस्र्याङछाप हुँदै सुनौलाबजारबाट झर्न सकिने स्थानियले बताएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |