तरकारीमा स्वाद थप्नका लागि जिराको प्रयोग गरिन्छ । जिराले हामीलाई धेरै रोगबाट पनि मुक्ति दिन्छ । जिरा एन्टिसेप्टिक र भिटामिन जस्ता गुणहरूले भरिपूर्ण हुन्छ । बिहान खाली पेटमा जिरा पानी पिउनुका फाइदाबारे हामी बताइरहेका छौँ । जानौं जिरा पानीले कस्ता रोगबाट छुटकारा पाउँछ ।
पाचन प्रणाली स्वस्थ बनाउँछ
हिजोआजका मानिसको जीवनशैली असामान्य बन्दै गएपछि पाचन प्रणाली लगातार बिग्रनु सामान्य बन्दै गएको छ । बिहान खाली पेटमा जिरा पानी पिउनाले पाचन प्रणालीलाई निकै स्वस्थ राख्छ । जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स जस्ता गुण हुन्छन् जुन पाचनमा फाइदाजनक हुन्छ । जिरा पानीले पाचन प्रणालीलाई धेरै सहज बनाउँछ ।
चिसोबाट छुटकारा
जिरा पानीले चिसो, रुघाखोकी र भाइरल ज्वरो जस्ता रोगबाट बचाउँछ । जिरामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा हुने विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।
ग्यास र कब्जियतबाट राहत
आजको मितिमा सर्वेक्षण गर्ने हो भने करिब ९० प्रतिशत मानिस ग्यास र कब्जियत जस्ता पेटको रोगबाट पीडित छन् । बिहान खाली पेटमा जिरा पानी पिउनाले कब्जियत जरादेखि नै हट्छ । जिरालाई रातभर पानीमा भिजाएर बिहान त्यसको पानी पिउनाले कलेजोलाई बलियो बनाउँछ ।
फलामको उत्तम स्रोत
जिरा पानीलाई फलामको उत्तम स्रोत मानिन्छ । आइरन मात्र नभई यसमा भिटामिन ए र भिटामिन सी पनि प्रशस्त पाइन्छ । बिहान खाली पेटमा जिरा पानी पिउनाले रोग प्रतिरोधी क्षमता बढ्छ । कमजोर प्रतिरक्षा प्रणालीले धेरै रोगहरूलाई निम्तो दिन्छ ।
निद्राको कमी
व्यस्त जीवन र तनावका कारण निद्रा लाग्दैन भने बिहान खाली पेटमा जिरा पानी पिउनुहोस् । निन्द्रा नपुग्नुको कारण मोटोपना पनि हुुनसक्छ । यदि निद्राको कमी महसुस हुन्छ भने बिहान खाली पेटमा जिरा पानी पिउँदा तपाईंलाई धेरै मद्दत गर्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |