काठमाडौं २५ फागुन ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् ।
काठमाडौँ क्षेत्र १ अन्तर्गत महानगरपालिका- ३१ को शंखमूलमा आज बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।
उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ । नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’
नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिएर जिताउन लाग्न निर्देशन दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |