काठमाडौं, २५ फागुन ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए ।
बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।
सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । २३ फागुनको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियाे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |