काठमाडौं, २५ फागुन।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ । पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ ।
कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ ।
टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।
छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ । निर्माण पक्षका अनुसार केही समयपछि टिजरसँगै फिल्मको रिलिज मिती पनि सार्वजनिक गरिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |