एजेन्सी
काठमाडौं, २५ फागुन।
अभिनेत्री आलिया भट्ट बलिउडका उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । हाल प्रदर्शनरत फिल्म ‘गंगुबाई काठियावाडी’बाट प्रशंसा पाइरहेकी यी अभिनेत्री चाँडै नै अन्तर्राष्ट्रियस्तरमा अर्थात् हलिउडमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।
चारवटा ‘फिल्म फेयर अवार्ड’ जितिसकेकी आलिया नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा ‘वण्डर वुमन’ अभिनेत्री गेल गेडोटको अपोजिटमा देखिँदैछिन्।
जोया अख्तरले निर्देशन गरेको सन् २०१९ को फिल्म ‘गली ब्वाय’ उक्त वर्षको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रिमियर भएको थियो र एक अन्तर्राष्ट्रिय हिट बनेको थियो । यो फिल्म सन् २०२० को ‘अस्कर अवार्ड’मा ‘सर्वश्रेष्ठ विदेशी भाषा फिल्म’का रुपमा भारतको आधिकारिक सहभागिता जनाएका थियो ।
आलियाको अन्तर्राष्ट्रिय अपील(इन्स्टाग्राममा ६० मिलियनभन्दा धेरै फलोअर्ससहित)लाई स्वीकार गर्दै ‘अस्कर’ आयोजक द एकाडेमीले उनलाई सन् २०२० को क्लासमा सहभागिता जनाउन सहमति दिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |