काठमाडौं, २४ फागुन ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि दीपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६ र पवन सराफले २२ जोडे । त्यस्तै कप्तान सन्दीप लामिछानेले अविजित १४ रन जोडे । यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो ।
नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |