धादिङ,२४ फागुन।
जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा पुनः प्रताप सिं तामाङ नियुक्त हुनुभएको छ।तामाङलाई सोमबार बागमती प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा पुन २ वर्षका लागि नियुक्ती दिएको हो ।
गठबन्धन सरकारले यसअघि नेकपा सरकारको पालामा नियुक्त भएका सबै जिल्ला अध्यक्षहरुको कार्यअवधी नसकिदै पदमुक्त गरेको थियो। तामाङलाई फेरि गठबन्धन सरकारले जिल्ला खेलकुद विकास समिति धादिङ अध्यक्षका लागि नियुक्ती दिएको हो।
तामाङ माओवादी केन्द्रबाट जिल्ला खेलकुद विकास समितिको कोटाबाट अध्यक्षमा नियुक्त हुनुभएको हो।तामाङलाई यसअघि तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७६ माघ २२ गते पहिलो पटक खेलकुद विकास समिति धादिङको अध्यक्षमा नियुक्त गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |