एजेन्सी
काठमाडौं, २४ फागुन ।
बलिउडमा सफल कलाकारलाई निर्देशकको कुर्सीमा बस्ने ठूलो चाहना हुन्छ । गुरु दत्त र राज कपूरलाई आफ्नो ‘आइडल’ मान्नेवाला कलाकार जब अभिनेताका रुपमा सफलता हासिल गर्छन्, त्यतिबेला उनीहरु निर्देशनमा अवश्य नै हात हाल्छन् । यीमध्ये कमले मात्र सफलता पाउँछन् । यहाँ अभिनयमा सफल तर निर्देशनमा असफल कलाकारहरु प्रस्तुत गरिएको छ । जसमा अनुपम खेरदेखि लिएर सनी देओलसम्मको नाम छ ।
कलाकार पंकज कपूरले छोरा शाहिद कपुर र अभिनेत्री सोनम कपुरलाई फिल्म ‘मौसम’मा अभिनय गराए । यो ठूलो बजेटको फिल्मले बक्सअफिसमा सोचे जस्तो व्यापार गरेन ।
अभिनेता सनी देओल बलिउडमा एक्सन हिरोका रुपमा चिनिन्छन् । तर जब उनले निर्देशनका गद्दी सम्हाले, त्यसमा उनी असफल भए । उनले निर्देशन गरेको ‘दिल्लगी’ र ‘पल पल दिल के पास’ जस्ता रोमान्टिक फिल्म बनाए पनि बक्सअफिसमा असफल साबित भए ।
कलाकार अनुपम खेर अभिनयमा अब्बल भए पनि निर्देशनमा उनले आफूलाई अब्बल साबित गर्न सकेनन् । उनले ‘ओम जय जगदीश’ जस्ता फिल्म बनाएका थिए । जुन फिल्म असफल साबित भयो ।
पंकज कपूर र अनुपम खेर जस्तै अभिनेता नसीरुद्दीन शाह पनि फ्लप निर्देशक साबित भएका थिए । उनले ‘ये होता तो क्या होता’ जस्ता फिल्म बनाए । जुन फिल्ममा दर्शकले चासो देखाएनन् ।
अभिनेता अजय देवगनले पनि निर्देशनमा हात हालिसकेका छन् । उनले ‘यू मी और हम’ जस्ता फिल्म बनाए । तर फ्लप साबित भए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |