एजेन्सी
मस्को, २३ फागुन ।
रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् ।
युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए ।
आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिबारका चार जना मारिएका थिए । उनीहरु युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए ।
त्यस्तै मारिओपोल सहरमा सामूहिक उद्दार कार्य स्थगित भएको छ । मारिओपोल सहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ । त्यहाँ उर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ ।
रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ । तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरुमाथि हमला भइरहेका बताएको छ । रुसी सेनाले घनाबस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ ।
आइतबार राष्ट्रसंघको अनुगमनकर्ताहरुका अनुसार रुसी सेनाले २४ फेब्रुवरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रसंघीय मानव अधिकार आयोग युएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छोडेका छन् ।
तर, रुसले सर्बसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ । आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रबादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |