काठमाडाैं, २३ फागुन।
जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनमा पनि हाेमिएकाे छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएकाे छ । यसकाे जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएकाे छ ।
केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएकाे छ ।
त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेकाे छ । यसअघि २० फागुनसम्म आन्दाेलन भएकाे थियाे ।
२० जिल्लामा भइसकेकाे माटाे यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएकाे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |