काठमाडौं, २३ फागुन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १०चैतमा हुनेछ ।
लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।
महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ ।
विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ । गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले जितेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |