काठमाडौं,२३ फागुन
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपालले त्रिदेशीय टी–२० क्रिकेट खेल्नुअघि पीएनजीविरुद्ध घरेलु मैदानमा दुई एकदिवसीय क्रिकेट खेल्न लागेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा नेपालले ११ र १२ चैतमा खेल्नेछ । यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृंखला खेल्नेछ । घरेलु मैदानमा हुने शृंखला १४ चैत्रमा सुरु भई २१ गते सकिने छ ।
नेपाली टोली हाल आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि श्रीलंका पुगेको छ । श्रीलंकामा नेपालले त्यहाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।
डिभिजन २ मा आठ खेलबाट आठ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले २० खेलबाट २९ अंक जोडेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |