धादिङ २२ फागुन।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरि १ सय ८० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
सेमजोङमा आयोजित एक कार्यक्रमका बिच माओवादी केन्द्र,एमाले र राप्रपा पार्टी परित्याग गरि उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।
वि.स.२०७४ सालको स्थानिय निर्वाचनमा माऔवादी केन्द्र बाट वडा सदस्य उम्मेदवार सोक्पो तामाङ,पुर्ब जनमुक्ति सेना बुद्धि बहादुर तामाङ,मनोज तामाङ,चित्र तामाङ आइतराम तामाङ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका शंकर तामाङ राप्रपा बाट बम बहादुर तामाङ,राजेन्द्र तामाङ लगायत विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन्।
नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनले खादा ओढाई पार्टी सदस्य वितरण गरि स्वागत गर्नुभएको नेपाली काँग्रेस धादिङका सह–सचिव विजय पाख्रिनले जानकारी दिनुभयो ।
केन्द्रिय सदस्यमा निवर्चित भएकोमा स्थानीय निकै नै खुसी व्यक्त गर्दै दिलमान पाख्रिनलाई समेजोङको ठाउं ठाउंमा भब्य स्वागत तथा सम्मान गरिएको समेत गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |