ब्रसेल्स, २० फागुन ।
रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् ।
नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ ।
युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् ।
युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने निर्णय युरोपेली संघले गरेको छ ।
ब्रसेल्समा बिहीबार बसेको युरेपेली संघका गृहमन्त्रीहरुको बैठकले सो निर्णय गरेको हो । संघले यसअघि यस्तो सुविधा दिएको थिएन ।
युक्रेनी शरणार्थीहरुले संघको सदस्य देशमा रहँदा शिक्षा तथा स्वास्थ्य सम्बन्धि सुविधा पनि पाउने छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |