काठमाडौं, १९ फागुन ।
माओवादी केन्द्र संसदीय दलका नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् ।
बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा छलफल भएको उनले बताए ।
बैठकले चारै दलले आ-आफ्नो पार्टीभित्र छलफल गरेर मात्रै पछि सत्ता गठबन्धनले निर्णय लिने निष्कर्ष निकालेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |